पुटिनले भने- युक्रेनी अन्न निर्यात गर्न समस्या छैन, बन्दरगाह वा बेलारुसबाट गर्न सकिन्छ
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
269
Shares
काठमाडौं। युक्रेनले पश्चिमले २ करोड टन युक्रेनी अन्न रुसले निर्यात हुन नदिएर रोकेको भनेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा प्रतिक्रिया दिएका छन्। पुटिनले पश्चिमालाई ईंगीत गर्दै रुसले कुनै पनि निर्यातमा रोक नलगाएको पुष्टि गरेका छन् ।
उनले रसिया १ टीभी च्यानलसँग बोल्दै भनेका छन्,'युक्रेनबाट अनाज निर्यात गर्न कुनै समस्या छैन।' पुटिनले युक्रेनी बन्दरगाहहरू मार्फत रुसी नियन्त्रणमा रहेका अरू बन्दरगाहहरू मार्फत वा मध्य युरोपबाट पनि युक्रेनी अन्न निर्यात गर्न सकिने बताएका छन्।
यस्तै उनले ओडेसालगायतका किभको नियन्त्रणमा रहेका बन्दरगाहहरूबाट युक्रेनी अन्न निर्यात गर्न सकिने बताएका छन्। तर युक्रेनले सो बन्दरगाह क्षेत्रको पानीमा राखेका बिष्फोट पदार्थ हटाउनु पर्ने माग राखेका छन्।
पुटिनले अघि भनेका छन्, 'तर सबैभन्दा सरल, सजिलो, सस्तो भने बेलारुस हुँदै निर्यात गर्न हुनेछ, त्यहाँबाट बाल्टिक बन्दरगाह र त्यसपछि बाल्टिक सागर हुँदै संसारको कुनै पनि ठाउँमा पठाउन सकिन्छ ।'
'अहिले विश्व खाद्य बजारमा जे भइरहेको छ र यो बजारका उदीयमान समस्याहरूको जिम्मेवारी रुसमाथि थुपार्न खोजिरहेको देखिरहेका छौं । हाम्रा नागरिकहरुले भनेजस्तै यी समस्याहरूलाई बिरामी टाउकोबाट स्वस्थ्य टाउकोमा सार्नको लागि यो प्रयास भइरहेको हो,' पुटिनले भनेका छन् ।
यसबीच सेनेगलका राष्ट्रपति म्याकी सालले पुटिनले शुक्रबार विश्वबजारमा र विशेष गरी अफ्रिकामा कडा असर गरिरहेको विश्वव्यापी खाद्य संकटलाई कम गर्न युक्रेनी अन्नको निर्यातलाई सक्षम बनाउन आफू तयार रहेको भनेको बताएका छन्।
सालले अफ्रिकन युनियनको अध्यक्षको रूपमा पुटिनलाई भेटेपछि ट्विटरमा लेखेका छन्, 'राष्ट्रपति पुटिनले हामीलाई युक्रेनी अनाजको निर्यातलाई सहज बनाउन इच्छुकता व्यक्त गर्नुभएको छ।'
रुसी ब्ल्याक सी क्षेत्रको सोची रिसोर्टमा भएको वार्तापछि रुस आफ्नै गहुँ र मलको निर्यात सुनिश्चित गर्नसमेत तयार भएको बताएका छन्।
रुस र युक्रेनले विश्वव्यापी गहुँ आपूर्तिको लगभग एक तिहाई हिस्सा ओगटेको छ। रूस एक प्रमुख विश्वव्यापी मल निर्यातक पनि हो। अहिले रुसले भारतलाई मल निर्यात गरिरहेको छ।