arrow

महामारीपछि जनकपुरधाम जान छोडेको श्री एयरलाइन्सले सुचारु गर्‍यो उडान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
Shree-Airlines-Bombardier-3.jpg

काठमाडौं । कोरोना महामारी आएपछि उडान रोकेको श्री एयरलाइन्सले काठमाडौं-जनकपुरधाम रुटमा पुनः उडान सुरु गरेको छ  । बुधवारदेखि दैनिक उडान हुने गरी यो रुटमा जहाज चलाउन थालिएको कम्पनीले जनाएको छ ।

काठमाडौंबाट १२ बजेर ३५ मिनेटमा उड्ने जहाज जनकपुरधामबाट १ बजेर ३०मिनेटमा काठमाडौं प्रस्थान गर्ने भएको छ। 

यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ । 

कोभिड-१९ महामारी अगाडि जनकपुरधाममा श्रीले नियमित उडान थालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ