रुस-युक्रेन द्वन्द्वको सय दिनमा राष्ट्रसंघले भन्यो-युद्धमा 'कोही विजेता हुँदैन
एएफपी,
प्रकाशित २०७९ जेठ २० शुक्रबार
747
Shares
कीभ । संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ ।
जारी रुस-युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो । जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ।
"यस युद्धको कुनै विजेता छैन र हुनेछैन। बरु, हामीले १०० दिनसम्म के-के गुमाएको देख्यौं: जीवन, घर, रोजगारी र सम्भावनाहरू," अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् ।