रुसी रक्षामन्त्री सर्गेईलाई हृदयाघात, प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
827
Shares
फाइल तस्बिर
मस्को। २४ फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइहरूको साक्षी बन्न बाध्य छन्। रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन्। ६६ वर्षीय नेतालाई ठुला हृदयाघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ।
सोइगुलाई सघन उपचार कक्षमा राखिएको बताइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीका अनुसार मन्त्रीलाई अस्वाभाविक ह्दयघात भएको छ।
फेसबुकमा ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले भनेका छन्, ‘सोइगु खेलबाट बाहिर छन्, बाँचे भने उनी असक्त बन्न सक्छन्। उनलाई अचानक हृदयाघात भयो। प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ।’
युक्रेन हमलामा रुसले ठुलो क्षति बेहोरेको किभले दाबी गर्दै आएको छ। आफ्ना सेनाको सशक्त प्रतिकारका कारण रुसले १५ हजारभन्दा बढी सेना गुमाएको युक्रेनी पक्षको दाबी छ। रुसी सेनाका ठुलो सङ्ख्यामा जहाज तथा हेलिकोप्टरमा क्षति गरेको युक्रेनको दाबी छ।