रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित, यति ठुलो विस्थापन पहिलो पटक
एजेन्सी,
प्रकाशित २०७८ चैत २९ मंगलबार
560
Shares
किभ। युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन्। यो युक्रेनका बालबालिकाको कुल जनसङ्ख्याको झन्डै दुई तिहाइ हो।
राष्ट्रसङ्घीय बालकोष युनिसेफका आपत्कालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठुलो सङ्ख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन्।
शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए। २४ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म एक सय ४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ।