रुसको जीडीपी ११ र युक्रेनको ४५ प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
883
Shares
काठमाडौं। रुसी आक्रमणका कारण युक्रेनको जीडीपी ४५ प्रतिशतले घट्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। युक्रेनमाथि आक्रमण गरेका कारण रुसमाथि लागेको प्रतिबन्धले रुसको जीडीपी ११ प्रतिशतले घट्ने अनुमान समेत विश्व बैंकले गरेको छ।
युद्धका कारण अर्थतन्त्रमा भएको उथलपुथलले यो वर्ष (२०२२)मा नै युक्रेनको जीडीपी ४५.१ प्रतिशत र रुसको जीडीपी ११.२ प्रतिशतले घट्ने प्रक्षेपण विश्व बैंकले गरेको हो।
युक्रेन, बेलारुस र मोल्डोभा मिलेर बनेको विश्व बैंकको पूर्वी युरोप क्षेत्रले यस वर्ष युद्ध र व्यापारमा अवरोधका कारणले ३०.७ प्रतिशतको जीडीपी संकुचन देख्नेसमेत विश्व बैंकले जनाएको छ।