युक्रेन रुससँगको वार्ताका लागि ‘अझै तयार’ : राष्ट्रपति जेलेन्स्की
एएफपी,
प्रकाशित २०७८ चैत २७ आइतबार
457
Shares
फाइल तस्बिर
कीव, युक्रेन। युक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिवार बताएका छन्। किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए।
बुचाको भ्रमण गरेका अस्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “युक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ।”
“दुःखको कुरा, हामी समानान्तर रूपमा महत्त्वपूर्ण युद्धहरूको तयारी देख्छौँ, केही मानिसहरूले पूर्वमा निर्णायक युद्धहरू भन्छन्,” उनले पूर्वी क्षेत्रमा रुसी आक्रमणको सङ्केत गर्दै भने। “कूटनीतिज्ञद्वारा यस युद्धको अन्त्य गर्न हामी लड्न र समानान्तर रूपमा हेर्न तयार छौँ,” उनले थपे।
दुई पक्षबीच मार्च २९ मा अन्तिम पटक प्रत्यक्ष वार्ता भएको सो क्रममा युक्रेनी वार्ताकर्ताहरूले तेस्रो पक्षबाट सुरक्षा प्रत्याभूतिको बदलामा तटस्थता स्वीकार गर्न तत्पर रहेको जनाएको बताइएको छ।
जेलेन्स्कीले भने, “पूर्व र दक्षिणमा हामीले हाम्रो इलाकाको अर्को भागमा कब्जा गर्न तयार भएका हतियार, उपकरण तथा फौजहरूको एकाग्रता देखेका छौँ।”
“कुनै पनि नयाँ रुसी आक्रमणको नतिजा ‘विभिन्न कारकहरू’मा निर्भर हुनेछ,” उनले भने। युक्रेनको शक्ति,साझेदारहरूले हामीलाई कति चाँडो हतियार आपूर्ति गर्छन् भन्नेमा रहेको बताए।
उनले रुसी नेता भ्लादिमिर पुटिन अझै अघि बढ्ने देखिएको बताए।