arrow

प्रमुख शहर कब्जा गर्न नसकेपछि युक्रेनलाई दुई भागमा विभाजन गर्न खोज्दै रुस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
photo-aljajeera.PNG

काठमाडौं । रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्ने योजना बनाइरहेको युक्रेनी सैन्य गुप्तचरले जनाएको छ । युक्रेनको राजधानी कीभ र कुनै पनि प्रमुख शहर कब्जा गर्न नसकेपछि युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको गुप्तचरको अनुमान छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'हाम्रो देशको अव्यवस्थित र कब्जा गरिएका क्षेत्रहरू बीच विभाजन रेखा लगाउने प्रयास गर्ने देखिएको' युक्रेनी रक्षा मन्त्रालयको खुफिया निर्देशनालयका प्रमुख जनरल किरिलो बुडानोभले मन्त्रालयको टेलिग्राम अकाउन्टमार्फत बताएका छन् ।

'यो युक्रेनमा उत्तर र दक्षिण कोरिया बनाउने प्रयास हो,'बुडानोभले भनेका छन् ।

सन् १९५० देखि ५३ सम्मको युद्धपछि शान्ति सम्झौता नभई युद्ध विराम भएको दुवै कोरियाहरू अझै पनि प्राविधिक रूपमा युद्धमा छन् ।

दक्षिण कोरियामा संयुक्त राज्य अमेरिका र उत्तरमा सोभियत युनियनको कब्जाका कारण कोरियालाई दुई भागमा विभाजित गरिएको थियो । दुवै पक्षले एक अर्काेलाई कब्जा गर्न खोजेका थिए ।

युक्रेनमा जारी चार हप्ता भन्दा लामो द्वन्द्वपछि, रुसले कुनै पनि प्रमुख युक्रेनी सहर कब्जा गर्न सकेन । यसबीच मस्कोले शुक्रवार पुरै देशभन्दा पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई सुरक्षित गर्नमा ध्यान केन्द्रित गर्ने सङ्केत गरेको छ ।

डोनबस क्षेत्रमा रुसी समर्थित पृथकतावादीहरू बढी छन्। युक्रेनी सेना विगत आठ वर्षदेखि उनीहरुविरुद्ध लडिरहेको छ ।

'कब्जाकर्ताहरूले कब्जा गरिएका क्षेत्रहरूलाई एउटै अर्ध-राज्य संस्थामा एकताबद्ध गर्ने प्रयास गर्नेछन्, जसले स्वतन्त्र युक्रेनको विरोध गर्नेछ,' गुप्तचर प्रमुख बुडानोभले भने । 'कब्जा गरिएका क्षेत्रहरूमा ''समानान्तर'' अधिकारीहरू तयार पारिएको र त्यो क्षेत्रका मानिसहरूलाई युक्रेनी मुद्रा प्रयोगबाट रोक्न खोजिरहेको स्थिति हामीले देखिरहेका छौं,' उनले अघि भनेका छन् ।

स्वघोषित लुहान्स्क जनवादी गणतन्त्रका एक स्थानीय नेताले यो क्षेत्रले छिट्टै रुसमा सामेल हुन जनमत सङ्ग्रह गर्न सक्ने बताएका छन् । सन् २०१४ मा रुसले युक्रेनी प्रायद्वीप  क्रिमिया कब्जा गरेपछि त्यहाँ पनि यस्तै गरेको थियो ।

क्रिमियनहरूले युक्रेनसँगको सम्बन्ध तोड्न र रुसमा सामेल हुने पक्षमा अत्यधिक भोट गरेका थिए । यद्यपि, यो भोटको परिणामलाई विश्वले स्वीकार गरेको थिएन ।

युक्रेनको विदेश मन्त्रालयका प्रवक्ताले पूर्वी युक्रेनमा जनमत सङ्ग्रहको कुरालाई अस्वीकार गरेका छन् । 'अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूमा भएका सबै नक्कली जनमत सङ्ग्रहहरूको कुनै कानुनी वैधता छैन, विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले रोयटर्सलाई भनेका छन् ।

रुसले क्रिमियामा भूमि कोरिडोर स्थापना गर्न खोजिरहेको तर, मारिउपोल कब्जा गर्न असफल भएपछि यो योजना रोकिएको रोकिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ