arrow

रुसद्वारा अपार्टमेन्टमा आक्रमण, सयौं नागरिकको मृत्यु 

logo
एएफपी,
प्रकाशित २०७८ फागुन ३० सोमबार
ukraine-attack-russia.jpeg

किभ । युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ  ।  यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । 

 स्थानीय समयानुसार सोमबार बिहान ७:३० बजे  दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।  नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ ।  भवन किभको ओबोलोनमा रहेको जनाइएको छ । 

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ