युक्रेनको पक्षमा डिक्याप्रियो, गरे १ अर्ब बढीको सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
1.3k
Shares
काठमाडौं । ओस्कार विजेता अभिनेता लियोनार्डो डिक्याप्रियोले युक्रेनलाई सहयोग गरेका छन् । अभिनेताडिक्याप्रियोले १० मिलियन डलर अर्थात् करिब १ अर्ब २२ करोड रुपैयाँ बढीको सहयोग गरेका हुन् ।
लियोनार्डोकी हजुरआमा ओडेसा (युक्रेन) की थिइन्। जसको २००८ मा निधन भएको थियो । डिक्याप्रियो आफ्नो हजुरआमासँग धेरै नजिक थिए। यस्तो अवस्थामा अभिनेताको पनि ओडेसा, युक्रेनसँग गहिरो सम्बन्ध छ।
रुस र युक्रेनबीचको युद्ध अन्त्य हुने नाम लिइरहेको छैन । रुसी सेनाले लगातार युक्रेनका विभिन्न सहरलाई निशाना बनाएको छ । युद्ध विरामलाई लिएर दुई देशबीच भएको वार्ताले कुनै नतिजा निस्कन सकेको छैन । ओडेसा त्यही शहर हो जहाँ रसियाले भयङ्कर मिसाइल प्रहार गरिरहेको छ । जेट लडाकुहरूले शहरमा लगातार बम बारी गरिरहेका छन्।