arrow

युक्रेन–रुस युद्ध

छ लाख युक्रेनी शरणार्थी बनेर अन्य देशमा, रुसमै जानेहरु एक लाख २९ हजार, दोस्रो वार्ताका लागि रुस तयार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
putin-vlodomie-russia-ukraine-war.PNG
तस्बिर– फाइल

काठमाडौं । रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । 

यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन । क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् ।

राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् ।

उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए । बुधबार सातौं दिन २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । 

युक्रेनी राष्ट्रपतिको दाबी अनुसार अहिलेसम्म छ हजार रुसी सैनिक मारिएका छन् । त्यस्तै छ लाख युक्रेनी शरणार्थी अन्य देशमा शरण लिन पुगेका छन् । 

सबैभन्दा बढी २ लाख ८१ जना पोल्याण्ड जाँदा १ लाख २९ हजार रुसमै गएका छन् । त्यस्तै ८४ लाख हंगेरी जाँदा ३६ हजार माल्दोभा, ३४ हजार अन्य युरोपेली देश तथा ३२ हजार रोमानियामा गएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनलले युक्रेनी राष्ट्रपतिले चाहेका खण्डमा उनलाई सुरक्षित बाहिर निकाल्न सक्ने जनाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ