arrow

रुस युद्धको तयारीमा, अमेरिकाद्वारा युक्रेन छोड्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
russia-ukraine.PNG

काठमाडौं । अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकी विदेशमन्त्रालयले अत्यावश्यक बाहेकका कर्मचारी र त्यहाँका नागरिकलाई युक्रेन छोड्नेबारे विचार गर्न निर्देशन दिएको हो ।

विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि रुसले युक्रेनविरुद्ध महत्त्वपूर्ण सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ । रुसले आक्रमण गर्ने योजनलाई ढाकछेप गर्दै आएको छ ।

विदेश मन्त्रालयले जारी तनाव र अमेरिकी नागरिकहरू विरुद्ध उत्पीडनको लागि सम्भावित कारणले युक्रेन र रुसको यात्रा नगर्न भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएको छ ।

त्यहाँस्थित दूतावास भने सञ्चालनमै रहने विदेशमन्त्रालयका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई भनेका छन् । रुसले आक्रमण गरेको अवस्थामा नागरिकलाई बाहिर निकाल्ने अवस्थामा अमेरिका नरहने ती अधिकारीले भनेका छन्।

रुसले युक्रेनी सीमा क्षेत्रमा लाखौंको संख्यामा सेना र हतियार तैनाथ गरेको छ । यसअघि सन् २०१४ मा रुसले युक्रेनसँग जोडिएको क्रिमियामाथि आक्रमण गर्दै कब्जा गरेको थियो ।

अहिले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको भन्दै अमेरिकाले रुसविरुद्ध अनेकौं रणनीतिक कदमहरु चालिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ