६४ मत नपुगेर पराजित भए केन्द्रीय सदस्यमा मन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
573
Shares
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । संस्थापन इतर समूहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन् ।
कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन् । पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वास पात्र मानिन्छन ।
उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए । पराजित भएपछि कार्कीले सामाजिक संजाल फेसुबकमा लेखेका छन्, ‘म खुशी छु मत पटक पटक हारौं तर विचारमा सम्झौता गर्नु नपरोस्, स्वाभिमान नझुकोस, पदसँग प्रतिष्ठा साट्नु नपरोस् ।’