केन्द्रीय सदस्यको मत गणना जारी: तीन वटै प्यानलमा परेका डा.शंशाकले लिए शुरुआती अग्रता
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
1.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुल्लातर्फको ३५ केन्द्रीय सदस्यहरुको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
सभापतिका प्रतिस्पर्धी शेर बहादुर देउवा, डा.शेखर कोइराला र प्रकाशमान सिंह तीनवटै प्यानलमा रहेका डा.शंशाक कोइरालाले केन्द्रीय सदस्यमा शुरुआती अग्रता लिएका छन् ।
एक सय मत गणना हुँदा उनले ५३ मत ल्याएका छन् । त्यस्तै उदयशम्शेर राणाले ४४ मत ल्याएर दोस्रो स्थानमा छन् । रामहरी खतिवडा ४३, एनपी साउद ३७, रमेश लेखक ४२ मत पाएका छन्। निर्वाचनमा कूल ४६७२ मत खसेको छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएकामा ६४ जना बाहिरिने छन् ।