मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्यो
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
637
Shares
फाइल तस्बिर
काठमाडौँ। आजबाट सुरु हुने भनिएको काँग्रेस १४औँ महाधिवेशन अन्तर्गत मधेसी महिला केन्द्रीय सदस्यको मतगणना नहुने भएको छ।
४ पदका लागि पाँच जना उम्मेदवार रहेको मधेसी महिला केन्द्रीय सदस्यको मतगणना आज नहुने भएको हो। उक्त मतगणना शनिवार गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। मतगणना बिहान ९ बजेबाट सुरु हुने समितिले जनाएको छ।
सोमबार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन्। निर्वाचनमा कूल ४६८६ मत खसेको थियो।