arrow

एक रुपैयाँ पनि राज्यको सुविधा नलिएका मन्त्री श्रेष्ठले मागे केन्द्रीय सदस्यमा मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
umesh-shrestha.jpg

काठमाडौं । राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले कांग्रेसको १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी शुरुदेखि नै शेरबहादुर देउवासँग निकट मानिन्छन् । 

देउवा टिमबाट उनले उम्मेदवारी घोषणा गरेका हुन् । राज्यमन्त्री भए वापत श्रेष्ठले सरकारको सुविधा एक रुपैयाँ पनि लिएका छैनन् । मन्त्री क्वार्टर, तलब तथा गाडी सुविधासमेत राज्यको खर्चबाट नलिएको उनले बताए । 

‘मैले एक रुपैयाँ पनि राज्यको सुविधा लिएको छैन । देश, पार्टी र जनताको लागि केही गर्न सकूँ भन्ने मेरो उद्धेश्य हो’ उनले भने । 

शिक्षा क्षेत्रमा उनको विशेष अनुभव छ । यस क्षेत्रमा उनी लामोसमय देखि क्रियाशील छन् । शिक्षा क्षेत्रबाट उनी राजनीतिमा होमिएका हुन । जनताको सेवा गर्न आफू राजनीतिमा आएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ