मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
1.3k
Shares
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
शनिबार दलित कलस्टरबाट उम्मेदवारी दिएका उनले आइतबार फिर्ता लिएका हुन् । कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार मध्यान्ह बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।