कांग्रेस महाधिवेशन: शेखर, प्रकाशमान र निधीको प्रस्तावक र समर्थक को-को ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
864
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापति पदमा डा.शेखर कोइराला र प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा उनको प्रस्तावकमा गुरुराज घिमिरे, रामकृष्ण यादव, अमरसिंह पुन, विनोद बान्तवा, केदार भण्डारी, चतुरबहादुर चन्द र अर्जुनकुमार पोखरेल बसेका छन् ।
यसैगरी समर्थकमा डिगबहादुर लिम्बु, शुक्रराज शर्मा, सुरेशराज आचार्य, रत्ना शेरचन, अर्जुनबहादुर तुम्बाहाम्फे, अब्दुल कलाम र भुपेन्द्रजङ्ग शाही बसेका छन् ।
इतर समूहबाटै सभापतिको उम्मेदवारी दिएका नेता सिंहको प्रस्तावकमा काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ, दिव्यमणि राजभण्डारी, प्रभातकुमार दाहाल, छिरिङदोर्जे लामा, कञ्चनचन्द्र बादे, दीर्घबहादुर केसी र दिपेन्द्रकुमार श्रेष्ठ छन् ।
यस्तै सिंहको समर्थकमा जितेन्द्रकुमार श्रेष्ठ, हरिप्रभा खड्गी, राजेन्द्रकुमार केसी, मिथिलेशकुमार मिश्र, गीता सत्याल, चेतबहादुर मगर र नवीन राई बसेका छन् ।
यसैगरी सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधीको प्रस्तावकमा रामसरोज यादव, पोषनाथ शर्मा, भगिरथ पोद्दार, मिनाक्षी झा, मोहम्मद शोएब, कृष्णकुमारी शाही बसेका छन् भने समर्थकमा महेशशंकर गिरी, राजनकाजी खाती, कपिलदेव साह, देवकी नेपाली, सम्वर्धन तामाङ, सञ्जयकुमार गुप्ता र ध्रुवप्रसाद पौडेल बसेका छन् ।