उम्मेदवारी दर्ताबाट कांग्रेसलाई ५८ लाख आम्दानी, केन्द्रीय सदस्यबाट मात्रै ५० लाख उठ्यो
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
799
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारहरुको मनोनयन दर्ताबाट ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको छ ।
कांग्रेसको निर्वाचन समितिका अनुसार १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट उक्त रकम संकलन भएको हो ।
सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठेको छ । सभापतिका लागि ३० हजार शुल्क निर्धारण गरिएको थियो ।
त्यस्तै उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो ।
निर्वाचन समितिले उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ । २० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख संकलन भएको छ ।
सबैभन्दा धेरै सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ संकलन भएको छ । केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।