arrow

युक्रेनलाई सदस्य नबनाउने रुसको आग्रह नेटोद्वारा अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
Jens-Stoltenberg.jpg

काठमाडौं । नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले युक्रेनलाई सदस्य नबनाउने रुसी आग्रह अस्वीकार गरेका छन् । जर्जिया र युक्रेनलाई एक दिन नेटोको सदस्य बनाउने सन् २००८ को प्रतिबद्धता तोड्न रुसले आग्रह गरेको थियो ।

पूर्व सोभियत मुलुक जर्जिया र युक्रेनलाई रुसले पश्चिमी सुगठनविरुद्ध आफ्नो सुरक्षा कवचको रूपमा मान्ने गरेको छ । युक्रेन नेटोको सदस्य बनेमा आफू रणनीतिकसमस्या पर्ने रुसले देख्छ ।

यसै अनुसार रुसी विदेश मन्त्रीले गरेको उक्त आग्रहलाई शुक्रबार ब्रसेल्समा अस्वीकार गरेका हुन् । नेटोका महासचिव स्टोलटेनबर्गले भनेका छन्, 'युक्रेनसँग नेटोको सम्बन्ध ३० नेटो सहयोगी राष्ट्र र युक्रेनले निर्णय गर्ने छ, अरू कसैले होइन ।'

सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया क्षेत्रलाई कब्जा गरेको थियो भने, जर्जियाका दुई क्षेत्र पनि कब्जा गरेको छ। अहिले रुसले युक्रेनी सीमा क्षेत्रमा १ लाख बढी सैन्य स्थापना गरेपछि तनाव बढेको छ ।

अमेरिका, बेलायत, ईयुले रुसले युक्रेनमाथि आक्रमण गरेमा कडा परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ। केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच कुराकानी भएको थियो । सो क्रममा पनि युक्रेनको विषयमा कुराकानी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ