arrow

रुसले युक्रेनमाथि आक्रमण गरे नतिजा भोग्ने छ- बेलायती विदेशमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
liz-truss.jpg

काठमाडौं । बेलायत (युके)की विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि आक्रमण गरेमा कडा परिणाम भोग्नु पर्ने चेतावनी दिएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गरेमा गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी विदेशमन्त्री ट्रसले दिएकी हुन् ।

युके र यसका सहयोगीहरूले रुसलाई त्यस्तो कदम चाल्नबाट रोक्नुपर्ने समेत उनले बताएकी छन् । युक्रेनी सीमा क्षेत्रमा रुसले हजारौँको सङ्ख्यामा सैन्य स्थापना गरेपछि तनाव बढेको छ तर, मस्कोले भने आक्रमणको तयारी नभएको दाबी गर्दै आएको छ ।

यसै हप्ताको अन्त्यमा हुने जी-७ सम्मेलनले एकताबद्ध रूपमा रुसले युक्रेनमाथि आक्रमण गर्ने कुरा रोक्न पहल गर्ने उनको भनाइ छ 

यस विषयमा उनले भनेकी छन्,'यदि रुसले यो कदम चाल्यो भने, यो एक रणनीतिक गल्ती हुनेछ, र रुसले लागी गम्भीर परिणामको सामना गर्नुपर्नेछ । र हामी यस सप्ताहान्तमा यहीँ चेतावनी सार्वजनिक गर्न समान विचारधाराका सहयोगीहरूसँगै काम गर्दछौँ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ