मुलुकमा व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन : सीपी मैनाली
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
1.4k
Shares
काठमाडौं । नेकपा मालेका महासचिब सीपी मैनालीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा बोल्दै ०७ सालदेखि नै नेपालमा अवान्छित रुपमा बाहिरी हस्तक्षेप र अवरोध बढेको उल्लेख गर्दै यो क्रम दोस्रो जन आन्दोलनपछि पनि उस्तै रहेको उल्लेख गरे ।
महासचिब मैनालीले कांग्रेसको संगठित रुपमा बिदेशी हस्तक्षेपका विरुद्ध देखिन नसकेको आरोप पनि लगाए । उनले भने, ‘राती संसद विघटन गर्ने, दिउसो अध्यादेश ल्याउने जस्ता काम नै गलत छन् । यसम सरकारको ध्यान केन्द्रीत हुनुपर्छ ।’
सार्वभौमसत्ता जोगाउन बेलामा देश अध्यादेशमार्फत चलाउने, सदन अवरुद्ध पार्ने, सभामुख मुद्दाहरुमा फसिरहने, निर्वाचन प्रणालीमै भ्रष्टाचार हुने गरेकाले सरकारले देशको संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने मैनालीको भनाइ थियो ।
न्यायपालिकाले सत्ता पक्षसँग भाग लिन खोजेको निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको र संरचनाको खर्च बढ्दा देशलाई ठूलो संकट परेकाले देशभक्त सबै पार्टी मुलुक जोगाउन एकजुट हुन मैनालीको आब्हान छ ।