arrow

रुसले युक्रेनमाथि आक्रमण गर्ने चिन्ताकाबीच बाइडेन र पुटिनबीच वार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
biden-putin.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मङ्गलवार भिडियो कलमार्फत कुराकानी हुने ह्वाइट हाउसले जनाएको छ। रुसले सीमा क्षेत्रमा सैन्य स्थापना बढाएपछि युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ता बढेका बेला अमेरिकी राष्ट्रपति बाइडेन र पुटिनबीच कुराकानी हुन लागेको हो।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनमा ठूलो आक्रमण गर्ने योजना बनाएको प्रमाण रहेको बताएका थिए ।

तर पुटिनले आक्रमण गर्ने विषयमा अन्तिम निर्णय गरेका छन् या छैनन् भन्ने स्पष्ट नभएको उनको भनाइ थियो। रुसले भने यो कुरा अस्वीकार गर्दै युक्रेन आफैले सीमा क्षेत्रमा सेना बढाएको आरोप लगाएको छ। 

शनिबार साँझ ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीद्वारा जारी विज्ञप्तिमा भिडियो कलमार्फत हुने छलफलमा अमेरिकी राष्ट्रपति बाइडेनले, 'युक्रेनसँगको सीमामा रुसी सैन्य गतिविधिको बारेमा अमेरिकी चिन्ता व्यक्त गर्दै युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि अमेरिकी समर्थनलाई पुन पुष्टि गर्ने उल्लेख छ।'

आफ्नो सीमा क्षेत्रमा रुसले बख्तरबन्द गाडी, इलेक्ट्रोनिक युद्ध प्रणाली र ९४ हजार सेना तैनाथ गरेको युक्रेनले बताएको छ। रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेयता पहिलो पटक यति धेरै सेना सीमामा तैनाथ गरेको हो।

गुप्तचर रिपोर्टहरूका अनुसार युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेज्निकोभले मस्कोले जनवरीको अन्त्यमा सैन्य आक्रमणको योजना बनाउन सक्ने बताएका छन्।

रुसी सैन्य गतिविधिले रुस र अमेरिकाबिच तनाव उत्पन्न भएको छ। गत शुक्रबार बाइडेनले रुसले के गर्न खोज्दै छ भन्ने मानिसहरूको चिन्ताको काम गर्न रुसलाई निकै कठिन बनाउने टिप्पणी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ