सुदूरपश्चिम प्रदेशमा इतर समूहले मिश्रको नेतृत्वमा प्यानल बनायो, संस्थापनको बाँकी
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
638
Shares
धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा इतर समूहले आफ्नो उम्मेदवारहरुको प्यानल सार्वजनिक गरेको छ । नेपाली कांग्रेस इतर समूह पौडेल पक्षले सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ, बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही सहितको प्यानल खडा गरेको छ ।
इतर समूहले सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टलाई उम्मेदवार बनाएको हो । संस्थापन पक्षमा सभापतिका आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा सकस परेको छ ।
आज बिहानैदेखि देउवा पक्षका नेताहरू पनि सहमतिका लागि आन्तरिक छलफलमा छन् । देउवा समूहले अहिलेसम्म पदाधिकारीका उम्मेदवार तय गर्न सकेको छैन ।