arrow

कांग्रेसको प्रदेशमा लड्दै दोलखाकी नेतृ मोती मोक्तान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
moti.png

काठमाडौं । नेपाली कांग्रेस दोलखाकी युवा नेतृ मोती मोक्तान बागमती प्रदेशबाट १४ औं महाधिवेशनमा उठ्ने भएकी छिन् । झन्डै दुई दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेतृ मोती मोक्तानले प्रदेश सहमहामन्त्री या प्रदेश सदस्यमध्ये एक पदमा उम्मेदवारी दिने बताएकी छिन् ।

विगत लामो समयदेखि कांग्रेसमा सक्रिय मोक्तान नेपाल विद्यार्थी संघ (नेविसंघ) की जिल्ला सचिवसमेत रहिसकेकी छिन् । यससँगै उनी नेपाल तामाङ विद्यार्थी सङ्घकी अध्यक्षसमेत रहिसकेकी छिन् । यस्तै उनी महिला सङ्घकी जिल्ला उपाध्यक्षसमेत रहिसकेकी छिन् । 

१२ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि रहेकी नेतृ मोक्तान १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेकी थिइन् । यस्तै अहिले १४ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि भएकी मोक्तानले यसपालि भने थप जिम्मेवार भएर पार्टीका लागि योगदान दिने सोच बनाएकी हुन् । 

लामो समयदेखि नेपाली काँग्रेसमा योगदान दिँदै आएका युवा नेता एवं नेतृहरूले १४ औँ महाधिवेशनमा राम्रो स्थान आगे टी रहेका छन् ।

यस्तोमा नेतृ मोति मोक्तान पनि पार्टीका लागि दिँदै आएको योगदान र योग्यताका आधारमा प्रदेश सह महामन्त्री या प्रदेश सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ