arrow

कांग्रेस महाधिवेशनः लुम्बिनी प्रदेश सभापतिमा शाह र पुनबीच भिडन्त

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर १५ बुधबार
bharat shah and amar sing pun.jpg

रुपन्देही । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभापतिमा लुम्बिनी प्रदेशबाट दुई पक्षबीच भिडन्त हुने भएको छ । भारतकुमार शाह र अमर सिंह पुनबीच प्रतिष्पर्धा हुने भएको हो । 

संस्थापन पक्षबाट शाहले उम्मेद्वारी दिने भएका हुन् । त्यसैगरी संस्थापन इतरबाट पुनले उम्मेदवारी दिने भएका हुन् । दुवैबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । 

प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको छ ।

दुवै पक्षले प्रचारप्रसार तीव्र पार्दै लगेका छन् । 

शाह रुपन्देहीको क्षेत्र नम्बर ५ का हुन् । साथै प्रतिनिधि सभाका सांसद एवं सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् । पुन भने रोल्पाका निवर्तमान सभापति एवम् पूर्वसिंचाई राज्यमन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ