सातै प्रदेशका सभापतिका उम्मेदवार छान्न कांग्रेस इतरको छलफल
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
933
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको निर्वाचन कार्यक्रम भोलिदेखि शुरु हुँदैछ । प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तय गरेको छ ।
यसैबीच कांग्रेसको इतर पक्षबाट प्रदेश सभापतिको उम्मेदवार तय गर्न अहिले छलफल भइरहेको छ । उक्त छलफलमा छुट्टाछुट्टै आफ्नो प्रचारप्रसार गरिरहेका भनिएका सबै नेताहरु एक ठाउँमा भेला भएका छन् ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत लगायतका नेताहरु सहभागी रहेका छन् ।
यसअघि वडा अधिवेशन शुरु हुनु एक दिन अगाडि संयुक्त पत्रकार सम्मेलन गरेका नेताहरु प्रदेशजस्तो गरिमामय क्षेत्रको निर्वाचन हुँदै गर्दा फेरि एकै ठाउँमा भेला भएका हुन् ।
त्यतिबेला सभापतिमा इतर पक्षबाट एक जनाको मात्र उम्मेदवारी हुने घोषणा गरेका उनीहरु आज फेरि एकै ठाउँमा भेला भएर प्रदेश निर्वाचनमा आफ्नो प्यानल तय गर्न बैठक बस्दा भने सकारात्मक संकेतका रुपमा लिइएको छ ।