arrow

कांग्रेस अधिवेशनः कर्णाली प्रदेशका सबै जिल्लामा सकियो, को कुन पक्षका ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
congress-14th-general-convention.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ । २७ गते मतदान नै हुँदैछ । निर्वाचन समितिले निर्वाचनको कार्यक्रम घोषणा गर्दासमेत अहिलेसम्म सबै जिल्लाको निर्वाचन सकिएको छैन । 

हालसम्म ५७ जिल्लाको अधिवेशन सकिएको छ । प्रदेशतर्फ जाने हो भने अहिलेसम्म कर्णाली प्रदेशको मात्र निर्वाचन सकिएको छ । प्रदेश २ का कुनै पनि जिल्लामा अधिवेशन सकिएको छैन । 

कर्णालीका १० जिल्लामा अधिवेशन सकिएको हो । जसमा संस्थापन पक्षका ८ तथा इतर पक्षका २ जनाले मात्र सभापति जितेका छन् । 

देउवा पक्षमा सल्यानका केशरबहादुर विष्ट, पश्चिम रुकुममा प्रेमप्रकाश ओली, डोल्पाका दीपेन्द्र शाही, जाजरकोटका बेदराज सिंह (सर्वसम्मत), जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह र सुर्खेतका खड्क पोख्रेल निर्वाचित भएका छन् । 

इतरको पौडेल पक्षमा दैलेखका मणिराज रेग्मी तथा कालिकोटका अम्मबहादुर शाही हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ