काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवशेन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट कलामले नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । कलामले सभापतिका लागि भएको मतदानमा ९२८ मत पाए ।
उनका निकटतम प्रतिस्पर्धी राजेश आचार्य पराजित भएका छन् । उनले ८१९ मत पाए । कलामले १०९ मतको मतान्तरमा जित हासिल गरेका हुन् ।
कलाम इतर पक्षका हुन् । उनी रामचन्द्र पौडेल निकटका हुन् । आचार्य भने संस्थापन पक्षका हुन् ।