आयो कांग्रेस महाधिवेशनको कार्यतालिका, यस्तो छ मंसिर २४ देखिको तालिका
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
1.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले आज महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।
सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । महाधिवेशन मंसिर २४ गतेदेखि शुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।
कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने छन् ।
यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ । मंसिर २७ गते बिहान ८ बजेबाट मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ ।