arrow

हरिबोलले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
haribol-bhandari-congress.JPG

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं ३ बाट अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भण्डारीले सोमबार कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका हुन् । 

कांग्रेसको अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उठेका भण्डारीले सम्मानजनक मत ल्याएका थिए । कांग्रेसलाई सुदृढ र सशक्त बनाउन आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् ।

‘मेरो सकृय राजनीतिको केही मुलभूत मान्यताहरु छन् । नेपाली कांग्रेसको स्थापनाकालीन उद्देश्य र सिद्धान्तलाई पुनर्जागृत गर्दै वीपी कोइरालाले देख्नु भएको समाजवा दी समाजमा नेपाली समाजलाई पुर्याउनु पहिलो र अन्तिम कर्तव्य संझेको छु ।’ उनले भने, ‘मसँग एउटा सपना छ। मेरो त्यो सपनालाई पूरा गर्ने इच्छाशक्तिले मलाई प्रत्येक दिन लखेट्दै छ। मेरो दौडाइको त्यो क्रममा केवल एउटा चिजको खाँचो छ। त्यो तपाईहरुको साथ सहयोग र समर्थनको अपेक्षा गरेको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ