arrow

नेतृत्व छान्न मतदाता लाइनमा, उम्मेदवार मत माग्दै : मतदान अझै शुरु भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
ktm congress 2.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।अहिले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा काठमाडौं कांग्रेसको नेतृत्व चुन्ने प्रक्रियाका लागि मतदान गर्न मतदाताहरु लाइनमा बसेका छन्। यस्तै उम्मेदवारहरु मतदातासँग मत माग्न व्यस्त छन् ।

बिहान ११ बजेबाट मतदान सुरु हुने भनिए पनि २ बज्दासम्म मतदान प्रक्रिया सुरु भएको छैन । काठमाडौं कांग्रेसको नेतृत्वका लागि वर्तमान सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्की मैदानमा उत्रिएका छन् ।

काठमाडौंका प्रमुख निर्वाचन अधिकृत नरहरी आचार्यले अब केही बेरमा मतदानको प्रक्रिया शुरु हुने जानकारी दिए ।बानियाँले शनिबार लैनचौर ब्यान्क्वेटमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका थिए भने अर्का उम्मेदवार कार्कीले भने गत बिहीबार नै उम्मेदवारी घोषणा गरिसकेका थिए ।

काठमाडौंको नेतृत्वका लागि संस्थापन समूहबाट कार्की मैदानमा उत्रिएका हुन् । उनी उसअघि काठमाडौं २ को क्षेत्रीय सभापति थिए । उनलाई कांग्रेस भित्रको तेस्रो धार मानिएको नेता कृष्णप्रसाद सिटौला समूहको पनि समर्थन छ।

यसैगरी हालका सभापति बानियाँ भने इतर समूहबाट सभापतिको उम्मेदवार बनेका हुन् । उनी पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् । काठमाडौंको स्थानीय राजनीतिमा बानियाँले यूवा नेता गगन थापाकोसमेत साथ छ।

यसअघि १३ औं महाधिवेशनमा भने सभापति शेरबहादुर देउवा समूहको समर्थनमा नै बानियाँ काठमाडौं जिल्ला सभापति बनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ