कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा, घिमिरेलाई जिम्मेवारी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
507
Shares
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्।
यादवले गत बिहीबार दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन्। यादवले स्वास्थ्यमा समस्या भएपछि आफूले राजीनामा दिएको बताए।
‘मलाई घुँडाको समस्या छ, जाडोले गर्दा काम गर्न सक्ने अवस्था भएन, दौडधुप गर्न पनि सकिन, त्यसैले गत विहीबार नै राजीनामा दिएको हुँ,’यादवले हाम्राकुरासँग भने।
सभापति देउवाले यादवको राजीनामा स्वीकृत गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई सो जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ । यसअघि उनी समितिमा सदस्य थिए।
यसअघि पनि यादवले राजीनामा दिएका थिए। तर सभापति देउवाले उनको राजीनामा रोकेका थिए । यादव डडेलधुराको अधिवेशनमा विवाद भएबाट नै असन्तुष्ट रहँदै आइरहेका थिए।
यसैगरी प्रदेश २ को सदस्यताका विषयमासमेत यादव सन्तुष्ट थिएनन्।