कांग्रेस महाधिवेशन: सिटौलाको निर्वाचन क्षेत्रको मत गणना हुँदा थेबेले लिए अग्रता
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
580
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापा भइरहेको मत गणनामा सभापतिका उम्मेदवार देउमान थेवे र राम कट्टेलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्राप्त पछिल्लो परिणाम अनुसार थेवेको प्यानलका सबै पदाधिकारीहरुले मत गणनामा अग्रता लिएका छन ।
झापा क्षेत्र नं ३ को गणना शुरु हुनु अघिसम्म कट्टेलले लिदैं आएका थिए । शुरुको एकसय मत गणनापछि थेवेले सभापतिमा अग्रता लिएका हुन ।
निर्वाचनको २८७२ मत गणना हुँदा सभापतिका उम्मेद्वार थेबेले १४३९ र कट्टेलले १४११ मत प्राप्त गरेका छन् । थेवेले कट्टेललाई २९ मतले पछाडी पारेका छन् ।
क्षेत्र नं ३ अर्थात कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्रको गणना शुरु भएसंगै उनले समर्थन गरेको थेवे समूहले अग्रहता लिएको हो र