काठमाडौं ८ मा राजेश क्षेत्रीय सभापति, यी हुन् महाधिवेशन प्रतिनिधिहरु
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
832
Shares
काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राजेश श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमबार राति सम्पन्न मतदानमा श्रेष्ठले ११९ मत ल्याएका हुन् । उनीसँग तेविन्द्र शाक्य पराजीत बने। शाक्यले जम्मा ४९ मत मात्रै पाएका छन् । श्रेष्ठ र शाक्य दुवै जना कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निकट हुन् । तर शाक्यले भने यसपटक सिंहको समर्थन पाएनन् ।
सो क्षेत्रमा क्षेत्रीय सचिवका लागि भएको निर्वाचनमा पनि श्रेष्ठ प्यालनकै पुष्करराज पाण्डे र शंकर पुडासैनीले क्रमस १३९ र ९८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा भने राज्यराज वंत ,उज्वल पनेरु निर्विरोध विजयी भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा नै कन्चना नेपाली, केदारमान सिंह, गौतम शाक्य, बालमुकुन्द श्रेष्ठ, देउका केसी ,भगवत्ती थपलिया, रत्नकेशरी खड्गी, सुभेष झा, मिनबहादुर चौहान, राजेन्द्रगोपाल तण्डुकार र सन्जेशमान डंगोल निर्वाचित भएका छन् ।
त्यस्तै महाधिवेशन खुला पुरुषतर्फको प्रतिनिधिमा क्रमशः किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डंगोल, बुद्धिमान बलामी, रविन्द्रलाल श्रेष्ठ, राजेन्द्रराम श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमल श्रेष्ठ र धर्मरत्न पाछ निर्वाचित भएका छन् ।
यसैगरी खसआर्य पुरुषतर्फका प्रतिनिधिमा क्रमस राजुराज जोशी, माहनबहादुर बस्नेत र गोविन्द पाण्डे निर्वाचित भएका छन् । यस्तै खुला महिलातर्फको प्रतिनिधिमा सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ, लक्ष्मी पाण्डे विजयी भएका छन् ।
आदिवासी जनजाति महिला तर्फ छोरी डंगोल र कृष्णा अमात्य निर्वाचित भएका छन् । यसैगरी दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित भए भने अपांगतातर्फ विष्णुलाल, खसआर्य महिलातर्फ शोभा जोशी, जनजाति पुरुषतर्फ सुदर्शनमान सिंह, मुस्लिमतर्फ हरुण रसिद, खसआर्य महिलातर्फ अलिना बस्नेत र जनजाती पुरुषतर्फ प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भए । निर्वाचित महाधिवेशन प्रतिनिधिहरु अधिकांश प्रकाशमान सिंह निकटका हुन् ।