मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना काँग्रेसमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
994
Shares
हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
कैलाश गाउँपालिकाले मङ्गलवार गरेको शुभदिपाली, छठ, नेपाल संवत् तथा ल्होसार पर्वको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी विप्लवका कैलाश गाउँपालिका इन्चार्ज अमृत रुम्बा, एमालेबाट कैलाश ३ का वडा अध्यक्षका प्रत्याशी वीर बहादुर प्रजा, एमालेबाट निर्वाचित वडा सदस्य १ नम्बर सालिकराम थिङ, माओवादीबाट निर्वाचित वडा सदस्य ४ नम्बर वडा सदस्य सुन्तली सुनारसहित माओवादी केन्द्र र एमालेका ४ सय २१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङको सभाध्यक्ष, काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्य तथा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको विशेष आथित्यतामा नवप्रवेशलाई सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य मिरा स्याइतान, सङ्घीय सभापति यतिराज सापकोटा, क्षेत्रीय सभापति लोक मोक्तान, महासमिति सदस्य द्वय रञ्जन कालाखेती र भरत लामा, काँग्रेस हेटौँडा उपमहानगर निवर्तमान सभापति आनन्दराम पराजुली, बागमती प्रदेशसभा सदस्य सन्त चेपाङ, काँग्रेसका पुराना नेता पशुपति रिजाल, कैलाश गाउँपालिका उपसभापति मानबहादुर वाइबा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, कैलाश १० का वडाध्यक्ष माणिकलाल मुक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।