- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संघीय संसद भवन बानेश्वरमा राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले शनिबार ‘विधायिकी खुलापन-लोकतन्त्र मेला’को आयोजना गरेको छ ।
सो अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले आफैंलाई विघटन गर्नु लोकतान्त्रिक हुने बताएका छन् । ‘विधायिकी खुलापन-लोकतन्त्र मेला’ कार्यक्रममा सभामुख सापकोटाले विघटनबारे नयाँ तर्क पेश गरेका छन् ।
संसद विघटन प्रस्ताव प्रतिनिधिसभामै सरकारले पेश गर्नु उचित र लोकतान्त्रिक हुने उनको भनाइ थियो । प्रस्तावलाई सभाले उचित ठाने विघटनतर्फ जान सकिने उनको तर्क थियो ।
छलफलका क्रममा सभामुख सापकोटाले आफ्नो कामबाट आफैं सन्तुष्ट हुन नसकेको पनि बताए । संघीय संसदले कार्यसम्पादनमा व्यापक सुधार गर्नुपर्नेमा पनि उनले जोड दिए । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि आफूहरुको कामले आफैंलाई सन्तुष्टि दिन नसकेको उल्लेख गरे ।