- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइतबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संयमता अपनाउन आग्रह गरेका छन् ।
१५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुखले दोस्रो बैठक आव्हान गरेर सदनको कारवाही अघि बढाए पनि सांसदहरुले रोष्टममा आएर नाराबाजी गरेका छन् ।
१५ मिनेट बैठक स्थगित गरेर एमाले सांसदहरुसँग सभामुखले गरेको संवादको प्रयास असफल भएपछि पुनः संसदमा नाराबाजी गरेपछि सभामुखले संसदको मर्यादा कायम राख्न आग्रह गरेका छन् ।
उनले छलफल र सहमतिबाट बैठक नियमित गर्न सहयोग गर्न आग्रह गरे पनि सांसदहरुले अवरोध जारी राखेका थिए । बैठक स्थगित गरेर सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।
बैठक निरन्तर अवरोध गरेपछि सभामुख सापकोटाले आइतबारको बैठक स्थगित गरेका छन् । उनले अर्को बैठक भदौ २९ गते दिनको १ बजे बस्ने सूचना जारी गरेका छन् ।