arrow

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
supreme-court-long.jpg

काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमालेले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।

सर्वोच्च अदालतले  आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सो मुद्दाको पेसी तोकेको भए पनि इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

गत बुधबार एमालेले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूणर्बहादुर घर्ती विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो ।

सो रिटमा निर्वाचन आयोगले एमाले विभाजनको विषयमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गराएको भन्दै एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन अन्तरिम आदेश माग गरिएको छ ।

यसैगरी सभामुख सापकोटाले पार्टीबाट कारवाही भएका एमाले सांसदहरुको सूचना टाँस नगरेको भनिएको छ भने लुम्बिनी प्रदेशका सभामुखले समेत प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको उल्लेख छ ।



लोकप्रिय समाचार
नयाँ