arrow

सभामुख विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
Agni_sapkota.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । सभामुख सापकोटाविरुद्धको मुद्दा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने पेशीमा चढेको थियो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार इजलासमा रहेका न्यायाधीश कार्कीले विगतमा कानुन व्यवसायी हुँदा सो मुद्दामा रिट निवेदकका तर्फबाट बहस गरेका कारण स्वार्थ बाझिने भएकाले हेर्न नमिल्नेमा राखिएको हो ।

यसअघि ३० फागुन २०७६ मा समेत मुद्दा पेशीमा चढाइएको थियो भने त्यसबखतसमेत सुनुवाइ सरेको थियो । सभामुख सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सहित सर्वोच्चमा मुद्दा परेको थियो ।

लामाको अपहरणपछि हत्या गरेको आरोपमा लामाकी पत्नी पूर्णिमाया सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् । सापकोटाविरुद्धको मुद्दा १० वर्षदेखि विचाराधीन छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।



लोकप्रिय समाचार
नयाँ