arrow

अन्तर्राष्ट्रिय सन्धिहरू शीघ्र अनुमोदन हुनुपर्नेमा जोड

सभामुख र राष्ट्रियसभा अध्यक्षसँग शान्ति समाजका प्रतिनिधिहरुको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
sabhamukh-hurupes.JPG

काठमाडौँ ।  मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डले सभामुख अग्निप्रसाद सापकोटासँग मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । संसद् सचिवालय सिंहदरबारमा भएको छलफलमा नेपाल राज्य पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरूप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । 

साथै बारुदी सुरुङको प्रयोग, भण्डारण,तथा ओसारपसार माथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू शीघ्र अनुमोदन हुनुपर्नेमा जोड दिइएको छ ।  

शुक्रवारै शान्ति समाजको प्रतिनिधिमण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिनासँग पनि छलफल गरेको छ । राष्ट्रिय सभा सचिवालय सिंहदरबारमा भएको छलफलमा हिमालय बचाउ नदी जोगाउ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ  ।

 चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्यधिक दोहन र वन विनाशका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमि करणको खतरा बढेकोतर्फ समेत ध्यानाकर्षण गराइएको थियो ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकारहरू होमकान्त चौल गाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव वन्दना सिंह, केन्द्रीय सदस्यहरू चन्द्र मणि बन्जारा, किरण ढकाल, उमा गौतम संलग्न थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ