arrow

सभामुखको एउटा दाँत निकालियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
agni-sap-surgery.JPG

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । मङ्गलवार बिहान वीर अस्पतालको डेनटल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।
 
डेनटल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरूको टोलीले चेकजाँच पश्चात सफलतापूर्वक सर्जरी गरेका हुन् । 

सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरूले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेका छन् ।



लोकप्रिय समाचार
नयाँ