पार्टी मुख्यालय सानेपामा बैठक बस्दै गर्दा क्रियाशील सदस्यताको विवाद भने सजिलै मिल्ने देखिँदैन । अहिलेसम्म विभिन्न जिल्लाको विवाद मिलेको छैन । अन्य पार्टीबाट कांग्रेसमा आएकाहरुको क्रियाशील सदस्यताबारे कुनै निक्र्योल निस्केको छैन ।
त्यसैगरी क्रियाशील सदस्यता छानबिनबारे छुट्टै मापदण्ड बनाउने पनि बुझिएको छ । भदौ १६ गतेदेखि पार्टीको १४ औं महाधिवेशन हुने भए पनि अहिलेसम्म क्रियाशील सदस्यतामै कांग्रेस अल्झिएको छ ।
कोरोना भाइरसको महामारीबीच वैकल्पिक योजना बनाएरै भए पनि महाधिवेशन समयमै गर्नुपर्ने माग बढिरहेको छ । त्यसैगरी अहिलेसम्म नेतृत्वका लागि उम्मेदवारीको समेत टुङ्गो भइसकेको छैन ।
अहिलेसम्म एक दर्जन जतिले आसन्न महाधिवेशनमा नेतृत्वका लागि चुनाव लड्ने स्वघोषणा गरे पनि टिम भने तयार हुन सकेको छैन ।