arrow

भारतलाई हराउँदै न्युजिल्याण्ड विश्व टेष्ट क्रिकेट विजेता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
Test-cricket-champ-nz.jpg

काठमाडौं। न्युजिल्याण्ड पहिलो आईसीसी टेष्ट क्रिकेटको विश्व विजेता बनेको छ। फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो विश्व विजेता बनेको हो। ईङल्याण्डको साउथ्याम्पटममा भएको खेलमा न्युजिल्याण्डले उक्त उपाधि हात पारेको हो।

वर्षाले प्रभावित फाइनलको 'रिजर्भ' दिनमा न्युजिल्याण्डले उपाधि जितेको हो। वर्षाले पटक-पटक अवरोध गरेको फाइनलमा कुल ३ सय ९ ओभर बलिङ भएको थियो। पाँच दिनमा खेल पूर्ण हुन नसकेपछि छैटौं दिन 'रिजर्भ' दिन भनेर राखिएको थियो।

टस जितेर पहिले फिल्डिङ गरेको न्युजिल्याण्डले पहिलो परीमा भारतलाई २ सय १७ रनमा समेटको थियो। न्युजिल्याण्डका काइल जेमिसनले ५ विकेट लिंदै आफ्नो टोलीलाई सहज स्थितिमा पुर्‍याएका थिए। भारतका लगि अजन्के रहाणेले ४९ रन बनाएका थिए।

न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा २ सय ४९ रन बनाएको थियो। डेभोन कोनवेले सर्वाधिक ५४ रन बनाएका थिए भने कप्तान केन विलियमसनले ४९ रनको योगदान गरेका थिए। भारतका मोहम्मद सामीले ४ तथा ईशान्त शर्माले ३ विकेट लिएका थिए।

दोस्रो पारीमा भारत १ सय ७० रनमा समेटिएको थियो। भारतलाई सस्तोमा रोक्ने क्रममा टिम साउदीले ४ तथा ट्रेन्ट वोल्टले तीन विकेट लिएका थिए। भारतका लागि रिसव पन्तले सर्वाधिक ४१ रनको योगदान दिएका थिए।

दोस्रो पारीमा जितका लागि आवश्यक रन केन विलियमसन र रस टेलरले आउट नभई बनाउँदै आफ्नो टोलीलाई जित दिलाएका थिए। विलियमसनले ५२ रनको योगदान दिंदा टेलरले ४७ रन बनाएका थिए।

न्युजिल्याण्डका काईल जेमिसन प्लेयर अफ फाइनल घोषित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ