arrow

वर्षमान पुनको प्रतिक्रिया : ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
barsaman-pun.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपतिको मध्यरातको निर्णयलाई ‘मध्यरातको डकैती’ भनेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी परेका केपी शर्मा ओली र शेरबहादुर देउवाको मागदाबी खारेजपछि सामाजिक संजालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्,‘मध्यरातमा डकैती गरियो । ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

राष्ट्रपति कार्यालयले शुक्रबार मध्यरात विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका लागि दाबी गरेका दुवैजनाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ