arrow

इलाममा चुनाव जितेपछि सुहाङले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
suhang-negmang-after-election-2081.jpg

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमानदार र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शीर झुक्न नदिने गरी इमानदार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन् । 

नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्याङ्कन हुने गरी काम गर्ने बताए । त्यस अवसरमा उनले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थिए ।

नवनिर्वाचित सांसद नेम्वाङले भने, ‘म एकदमै हर्षित पनि छु । अलिअलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । यसमा म तपाईँहरू समक्ष उभिँदाखेरि म के बाँचा गर्न चाहन्छु । धेरै बोल्न चाहन्न । म के बाचा गर्न चाहन्छु भने तपाईँहरूले सङ्घर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मत, सुरक्षित राख्नुभएको एक एक मतको मूल्याङ्कन हुने गरेर, तपाईँहरूलाई कुनै पनि सङ्कोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईँहरूलाई कहिल्यै पनि सङ्कोच हुन नदिने छैन । तपाईँहरूको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’

नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ