arrow

इलाम उपनिर्वाचनको मतगणना

दुई हजार बढी मतले नेम्वाङ अगाडि, कांग्रेसलाई पछ्याउँदै मुढा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
suhang-dambar-dekendra-milan.jpeg

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले सात हजार ६ सय ७७ मत प्राप्त गरेका छन् । 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गरेका छन् । नेम्वाङ खड्काभन्दा २ हजार २ सय ८२ मतले अगाडि रहेका छन् । 

यस्तै मुढा चुनाव चिन्ह रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिम चार हजार ५८ मत सहित तेस्रो स्थानमा छन् ।  मुढाले कांग्रेसलाई पछ्याइ रहेको छ । दुवैबीच १ हजार ३ सय ३७ मतान्तर रहेको छ । 

 राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गरेका छन् । 

हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । 

अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ