arrow

एमाले र कांग्रेसबीच सत्ता समीकरण हुँदैन- ओली

एमालेलाई जसरी पनि घेराबन्दी गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
kp-sharma-oli-2080-11-08.jpg

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेसबीच सत्ता समीकरण नहुने बताएका छन् । 

बिहीबार झापा पुगेर ओलीले एमाले र कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरेका हुन् । 

“अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उनले भने-“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुबै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।”

उनले यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे । 

अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । 

उनले सरकारमा सामेल दलहरू मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए ।  उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ