प्रतिनिधि सभामा महान्यायाधिवक्ता र अख्तियारको प्रतिवेदन पेस गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
298
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११:०० बजे सिंहदरबारमा बस्ने भएको छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी बैठकमा कानूनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।