arrow

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्कीको सुनुवाइ प्रक्रिया अघि बढाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
samsadiya-sunwai-samiti-083.jpg

काठमाडौँ । निर्वाचन आयोगमा रिक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार यो बैठक बिहीबार बिहान ९:३० बजे सिंहदरबारमा बस्ने तय भएको हो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेरहदका कारण गत मङ्गलवारदेखि अनिवार्य अवकाशमा गएका थिए। सोही कारण रिक्त भएका पदहरूमा पदपूर्तिका लागि गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो। त्यसैगरी, निर्वाचन आयुक्त पदका लागि राजीब सुब्बा र गुरुप्रसाद वाग्लेलाई सिफारिस गरिएको थियो। आजको बैठकमा तिनै प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुनेछ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले सिफारिस गरेका नामहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनु अनिवार्य रहन्छ। सुनुवाइका क्रममा समितिले उम्मेदवारहरूको योग्यता, अनुभव, निष्पक्षता र भावी कार्ययोजनाबारे विस्तृत छलफल र मूल्याङ्कन गर्नेछ। संसदीय सुनुवाइ समितिले यी सिफारिस गरिएका नामहरू अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट उनीहरूलाई सम्बन्धित पदमा नियुक्त गर्ने कानूनी प्रावधान रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ